बिहिबार, १३ बैशाख २०८१

भारतीय न्यूज च्यानल रोकेकामा सरकारले दियो धन्यवाद

२६ असार २०७७, शुक्रबार २०:३२ मा प्रकाशित

काठमाडौँ–नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने निर्णय गरेको भन्दै सरकारले च्यानल वितरकलाई धन्यवाद दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ’ भनिएको छ।

विदेशी च्यानल वितरण मल्टिसिस्टम अपरेटर (एमएसओ) ले बिहीबार सबै भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter