शनिबार, १५ बैशाख २०८१

आजपाको मधेस बन्दः १०४ जना पक्राउ

११ माघ २०८०, बिहीबार १६:३२ मा प्रकाशित

जनकपुरधाम – प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेका छन्। बिहीबार बिहानैदेखि बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषाबाट रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनका अनुसार धनुषाबाट ६७ जना, रौतहटबाट ३२ जना र पर्साबाट ५ जना पक्राउ परेका छन्।

आजपाले मधेस बन्द गरे पनि त्यसको खासै प्रभाव भने मधेसका जिल्लाहरुमा परेको छैन।

आजपाले बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कर्जा दिलाउनको लागि भन्दै मधेस बन्द गरेको हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter