सोमबार, १७ बैशाख २०८१

युवती र किशोरीलाई अर्केष्ट्रामा काम लगाइदिने भन्दै बेच्न खोजेको आरोपमा दुई पक्राउ

१३ श्रावण २०७८, बुधबार २२:२७ मा प्रकाशित

वीरगञ्ज– अर्केष्ट्रामा आकर्षक तलबमा काम लगाइदिने प्रलोभन देखाई एक युवती र एक किशोरीलाई भारत लगेर बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका –९ बस्ने २० वर्षकी लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिक–१२ बस्ने १९ वर्षकी खुश्वु विश्वकर्मा रहेका छन्।

पक्राउ परेका दुबै जनाले झापा जिल्लाका १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौंडादानो पुर्‍याएका थिए।

‘वीरगञ्ज ल्याएर अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने’ प्रलोभन देखाई दुबैले ती युवती र किशोरीलाई वीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भनी झुक्याएर भारतको छौंडादानो लगि भारतकै अन्य स्थानमा पठाउने तयारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी पीडित बालिका तथा युवतीको उद्धार गरी ल्याइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

मानव बेचबिखनको आरोपमा पक्राउ परेकी दास र विश्वकर्मालाई मानव वेचविखन कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए। घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले खनालले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter