सोमबार, १७ बैशाख २०८१

छैटौँ राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

१८ चैत्र २०७४, आईतवार २१:३७ मा प्रकाशित

पोखरा, १८ चैत्र ः अपांग खेलकुद समिति, कास्की र स्वाबलम्वन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा पोखरामा ‘छैटाँै गोर्खा ज्वेलरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अपांग खेलकुद समिति कास्कीका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, जावलाखेल ह्विल चियर स्पोर्टस् क्लब, स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसन, ह्विल चियर स्पोर्टस् एसोसियसन, नेपालगञ्ज ह्विल चियर खेलकुद संघ र आयोजक एक टिमको सहभागिता रहनेछ ।

गोर्खा एण्ड बराह ज्वेलरी एन्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने टिमले क्रमशः नगद रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित ट्रफी र मेडलको व्यवस्था गरिएको स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बताउनुभयो ।

स्रोत( रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter