सोमबार, १७ बैशाख २०८१

बिना अभ्यास थापाले जिते दुई स्वर्ण

२८ चैत्र २०७४, बुधबार १६:०५ मा प्रकाशित

बाजुरा, २८ चैत यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् ।

सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् ।

यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागि हुनु भएको छैन । “विद्यालयमा अभ्यास नै नगरी पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ,” उहाँले भन्नुभयो ।

राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ ।

राससकर्मीसहित चारजना सम्मानित

जिल्ला खेलकूद विकास समितिले १०आँंै राष्ट्रपति रनिङ शिल्डका अवसरमा राससकर्मीसहित पाँचजना पत्रकारलाई सम्मान गरेको छ ।

जिल्लाको खेल क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समितिको बाजुरा समाचारदाता प्रेमबहादुर रौले, नागरिक दैनिकका कृष्ण ओली, नयाँ पत्रिकाका गगन ऐडी, एभिन्युज टेलिभिजनका लक्ष्मीराज पाध्या र माउण्टेन टिलिभिजनका मदन विकलाई सम्मान गरेको हो ।

यस्तै रेडियो बाजुरा, रेडियो पौरखी र रेडियो बूढीनन्दालाई समेत सम्मान गरेको छ । (रासस) ः

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter