शुक्रबार, १६ चैत २०८०

नेदरल्याण्डसँग ४५ रनले पराजित नेपाल आठौं स्थानमा सिमित

४ चैत्र २०७४, आईतवार २१:०४ मा प्रकाशित

काठमाडौं । जिम्बाबेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताको प्लेअफमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ ।

जिम्वाबेको वाक्वे स्पोर्टस् क्लबमा भएको प्रतियोगितामा टस जितेर व्याटिङ्ग रोजेको नेदरल्याण्डले नेपाललाई १ सय ९० रनको चुनौति दिएको थियो । नेदरल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालका तर्फबाट क्रिजमा आएका शुरुवाती दुवै व्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

ओपनर ज्ञानेन्द्र मल्ल ४ र अनिलकुमार साह ८ रन बनाएर पभेलियन फर्केपछि कप्तान पारस खड्काले नेपालको पारी सम्हाल्ने आशा गरिएको थियो । तर पारस खड्का पनि २२ रन बनाउँदै नेदरल्याण्डका ओडोडलाई क्याच थमाउन पुगे ।

४४।४ ओभरमा १ सय ४४ रन बनाउँदै अल आउट हुन पुगेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाएपनि बाँकी कुनै पनि व्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । त्यसअघि नेपालका तर्फबाट सोमपाल कामीले नै नेदरल्याण्डको ४ विकेट झारेका थिए ।

सोपपाल बाहेक संदिप लामिछाने र लक्ष्मण राजवंशीले नेदरल्याण्डको २–२ विकेट लिएका थिए भने वसन्त रेग्मीको स्थानमा मैदानमा उत्रिएका शक्ति गौचनले १ विकेट लिए ।

पहिलो पटक एकदिवसीय अन्र्तराष्ट्रिय क्रिकेटमा मान्यता पाएको नेपाल, नेदरल्याण्डसँगको हारपछि १० राष्ट्र सम्मिलित आइसिसी विश्वकप छनोट प्रतियोगिताको आठौं स्थानमा सिमित रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter