शुक्रबार, १४ बैशाख २०८१

गायक हावा लामाको ‘ताङ्ला ङाला चु सेम’ मा अमिर र निर्मला

२६ जेष्ठ २०७८, बुधबार १५:१९ मा प्रकाशित

काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङ र नव
मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ ।
गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युटुब च्यानलबाट
सार्वजानिक गरिएको हो ।

सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित
गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ
गरेका हुन । गीतमा चर्चित गायिका शशिकला मोक्तान र गायक हावा लामा दोङको
स्वर रहेको छ ।

भिडियो सम्पादन तथा निर्देशन उनै तामाङ चलचित्र जगतका महानायक तथा
निर्देशक अमिर दोङले गरेका हुन । सुमन तामाङले कलर र छायांकन, युद्ध
लामाले कोरियाग्राफी र मिलन लामा दोङले ड्रोन छायाङ्कन गरेका हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter