शुक्रबार, १४ बैशाख २०८१

दाइजो प्रथा उन्मूलन गर्न रजिया मेमोरियल को स्थापना

चैत्र १६, बीरगंज

१६ चैत्र २०७४, शुक्रबार ११:२० मा प्रकाशित

चैत्र १६, बीरगंज
दाइजो प्रथा बालविवाह लगायत सामाजिक कुरीतिहरु उन्मुलन गर्ने उद्देश्य राखी आज बीरगंजमा रजिया मेमोरियल प्रतिष्ठान निर्माणमा आएको छ । दाइजो नदिइएकै कारण राजिया अहमद को हत्या गरिएको स्मृतिमा दाइजो बिरोधी संस्था स्थापना गर्ने काम शुरु गरिएको अभियान्ता प्रकाश थारुले बताए ।

२०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा नं ५ धोवीनी माइत भएकी रजीया अहमदको दाइजो नदिएका कारण भारतको दिल्लीमा उनको हत्या भएको थियो ।

परिवारका सदस्यहरु मिलेर उनको हत्या गरेको भन्दै दिल्ली प्रहरीले अनुसन्धान गरेको थियो । हत्या आरोपमा रजीयाका पति प्रहरीको हिरासतमा छन । तिनै रजीयाको स्मृतिमा प्रतिष्ठान बनाउन लागिएको थारुले बताए ।

फाउण्डेशनको अध्यक्षमा तवरेज अहमद, सचिवमा प्रकाश थारु, कोषाध्यक्षमा कविता खड्का, सदस्यहरुमा के.सी.लामिछाने, महेश अर्याल, निला राम, निलम पन्त, बिमला गुप्ता, औरन्जेव अहमद लगायत रहेका छन । भेलाले फाउण्डेशनको तर्दथ कार्यसमिति चयन गरेको अध्यक्ष अहमदले बताए ।

दाइजो नदिएकै कारण पीड़ा खेप्न बाध्य भएका एक महिलालाई प्रत्येक बर्ष पुरस्कृत गरी सम्मान गर्ने निर्णय गरेको छ । यसरी फाउंडेशन बाट आक्टोबर १७ अर्थात राजिया स्मृति दिवस का दिन बितरण गरिने कोषाध्यक्ष कविता खडकाले जानकारी दिइन । फाउण्डेशनले दाइजो प्रथाको न्यूनीकरण गर्ने , पीड़ित हरूको उद्वार गरी पूर्ण रूपले दाइजो मुक्त समाज को निर्माण गर्न हाम्रो परिकल्पना रहेको अध्यक्ष अहमदे बताएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter