
सुर्खेत, २७ भदौ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उहाँले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाउनुभयो । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ”, मन्त्री...बाँकी अंश →

रसुवा, २७ भदौ रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन्...बाँकी अंश →

हेटौँडा, २७ भदौ भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको...बाँकी अंश →

काठमाडौँ, २७ भदौ नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको हो । महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा ओमकारेश्वर...बाँकी अंश →

इलाम, २६ भदौ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उहाँले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गर्नुभयो । उहाँले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित...बाँकी अंश →

जलेश्वर, २७ भदौ महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा...बाँकी अंश →

सुरुङ्गा, २१ भदौ झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता...बाँकी अंश →

भीमदत्तनगर, २७ भदौ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको...बाँकी अंश →

काठमाडौँ, २७ भदौ ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ बङ्गलादेशको ढाकामा हुने भएको छ । क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलन आगामी असोज १ र २ गते सञ्चालन हुनेछ । ग्लोबल युथ पार्लियामेण्टद्वारा आयोजित सो सम्मेलनमा नेपालसहित...बाँकी अंश →

बेझाड, २७ भदौ घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएका छन् । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएका हुन् ।...बाँकी अंश →

नेपालगञ्ज, २७ भदौ नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताउनुभयो । सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको...बाँकी अंश →

बैतडी, २७ भदौ बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला आज समापन हुँदैछ । निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मङ्गलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा शुरु भएको थियो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । जात्रामा चार दिनसम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: