विराटनगर, ४ जेठ (रासस) विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट...बाँकी अंश →
इनरुवा, ४ जेठ (रासस) नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिनुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्नुहँुदै सिवाकोटीले सो कुरा बताउनुभएको हो । बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने...बाँकी अंश →
पाँचथर, ४ जेठ (रासस) पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ...बाँकी अंश →
फलेवास, पर्वत, ४ जेठ (रासस) पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय...बाँकी अंश →
गुलरिया, बर्दिया, ४ जेठ (रासस) राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ । बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना...बाँकी अंश →
तेह्रथुम, ४ जेठ (रासस) जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपछि टोली रित्तै फर्किएको छ ।...बाँकी अंश →
दमौली, तनहुँ ४ जेठ (रासस) तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गर्नुभएको हो । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । बालुवाटारमा केक यसैगरी, एकताको...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि आज गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि...बाँकी अंश →
सुर्खेत, ३ जेठ (रासस) जिल्ला शिक्षा कार्यालयहरु खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा कर्णालीका विद्यालय मर्कामा परेका छन् । समयमा अख्तियारी नआउँदा कर्णालीका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०६४ अनुसार २०७४ चैत २८ गतेपछि जिल्ला शिक्षा कार्यालयहरु शिक्षा विकास तथा समन्वय...बाँकी अंश →
बागलुङ, ३ जेठ (रासस) ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले भारतीय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: