मङ्गलबार, २५ बैशाख २०८१

एकताको खुशीयालीमा काठमाडौँमा दीपावली

४ जेष्ठ २०७५, शुक्रबार ००:०७ मा प्रकाशित

काठमाडौँ, ३ जेठ (रासस) ः नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् ।

राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

बालुवाटारमा केक
यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter