१८ माघ २०८२

प्रदेश

कार्ययोजनाको अभावमा खानेपानी उद्योग समस्यामा

पनौती, २१ जेठ (रासस) ः प्रभावकारी व्यवस्थापन तथा व्यावसायिक कार्ययोजनाको अभावमा नेपाल खानेपानी संस्थानले स्थापना गरेको खानेपानी उद्योग सञ्चालन गर्न नै समस्या परेको छ । स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ संस्थानले काभ्रेपलान्चोकको पनौतीमा स्थापना गरेको उद्योगले उत्पादन गर्ने खानेपानी बिक्री वितरणका लागि व्यावसायिक कार्ययोजनाको अभाव देखिएको छ । संस्थानले...बाँकी अंश →


ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

बागलुङ, २१ जेठ(रासस)ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गर्नुभयो । आजै अध्यक्ष...बाँकी अंश →


सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

मंगलबारे, इलाम, २१ जेठ (रासस) ः निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक...बाँकी अंश →


निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक ः अध्यक्ष प्रचण्ड

पोखरा, २१ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि...बाँकी अंश →


विमानस्थल पुग्ने सडकको बेहाल

बागलुङ, २१ जेठ (रासस) ः बलेवा विमानस्थल पुग्ने सडकको अवस्था बेहाल छ । बन्द भएको २६ वर्षपछि विमानस्थल चले पनि सडककै कारण यात्रुलाई सास्ती छ । सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्छ । वर्षा नलाग्दैको छिटफुट झरीले पनि सडक हिलाम्मे बनाउँछ । साँधुरोसँगै स्तरीय सडक...बाँकी अंश →


सार्वजनिक काममा महिला सहिभागिता बढ्दो

डडेल्धुरा, २१ जेठ (रासस) ः गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ । पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने...बाँकी अंश →


विमान सेवा फेरि बन्द

दाङ, २१ जेठ (रासस) ः यहाँको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा...बाँकी अंश →


सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिक निर्धारणको माग

बुटवल, २१ जेठ (रासस) ः श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक रु २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बुटवलमा आयोजना गरेको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी अन्तक्र्रिया तथा सुझाव संकलन कार्यक्रममा उनीहरुले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी न्यूनतम रु...बाँकी अंश →


बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी ः मुख्यमन्त्री गुरुङ

पोखरा, २१ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताउनुभएको छ । प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा...बाँकी अंश →


गर्मीका कारण बिरामीको संख्यामा बृद्धि

बैतडी, २१ जेठ (रासस) ः अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०÷७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । ज्वारो र झाडापखाला लगायतका बिरामी उपचारका लागि...बाँकी अंश →


नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा

काठमाडौँ, २१ जेठ (रासस) ः नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ । समाचार लेखेकै...बाँकी अंश →


स्वरोजगार बन्दै विद्यार्थी

ललितपुर, २१ जेठ (रासस) ः विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter