१८ माघ २०८२

प्रदेश

अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त

महेन्द्रनगर, धनुषा, २३ जेठ (रासस) ः धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र...बाँकी अंश →


सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित...बाँकी अंश →


कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा, २३ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद...बाँकी अंश →


शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, २३ जेठ (रासस) ः प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो ।...बाँकी अंश →


कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी

काँकडभिट्टा, २३ जेठ (रासस) ः मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग...बाँकी अंश →


चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

रत्ननगर, चितवन २२ जेठ (रासस) ः चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको...बाँकी अंश →


पोखरामा एकैदिन पाँचवटा विपद् उद्धारको नमूना अभ्यास

पोखरा, २२ जेठ (रासस) ः “गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ, बचाउ ।” बिहान लगभग ११ बजेतिर पोखराको फूलबारीस्थित मनिपाल शिक्षण अस्पताल नजिकैका सानासाना छाप्रामा आगो लागिरहेको थियो, मानिसहरूको चित्कार सुनिन्थ्यो । स्याउलाले बारेर टिनले छाएका विभिन्न आठवटा छाप्रामा एकपछि अर्को गर्दै आगो लागिरहँदा मानिसहरू घरका समान...बाँकी अंश →


अबरुद्ध राजमार्ग खुलाइयो

मलेखु, धादिङ, २२ जेठ (रासस) ः स्थानीय गल्छी गाउँपालिकाको वडा नं ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा आज बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ । सतसट्ठी जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन...बाँकी अंश →


स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र

त्रिशूली(नुवाकोट), २२ जेठ (रासस)ः ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ । चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै...बाँकी अंश →


सडक विभागको स्वामित्वमा आएको ४० वर्षपछि किचलो

बुटवल, २२ जेठ (रासस) ः बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारका लागि कायम गर्नुपर्ने क्षेत्र चारदशक अघिदेखि नै सडक विभागको स्वामित्व कायम भएको पाइएको छ । सडक विभागले २०३४ असार २० गतेको निर्णय बमोजिम सडक विस्तारका लागि आवश्यक पर्ने सडकको दुवैतर्फ २५÷२५ मिटर जग्गा अधिग्रहण गरी विभागको...बाँकी अंश →


जीवनभरको कमाइ समाजसेवामा

बागलुङ, २२ जेठ (रासस) ः लामा सेतै फुलेका दाह्रीजुँगा, बुढ्यौली झल्कने अनुहार, पुराना लुगाले छोपिएको शरीर, ठेला परेका हत्लेका र पैताला, एक जोर पुराना चप्पल देख्दा जीवनको उत्तरार्धमा पुगिसक्नुभएका होमबहादुर क्षेत्री धेरै काम गर्न सक्नुहुन्न तर ६८ वर्षीय क्षेत्रीको लेखाजोखा एकै हेराइमा गर्न खोजियो भने त्यो गलत हुन्छ । नौ...बाँकी अंश →


सिरहामा मानवअधिकार सञ्जाल

लहान, २२ जेठ (रासस) ः मानवाधिकारसँग जोडिएका घटनालाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय स्थापित गराउने उद्देश्यले सिरहामा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । सिरहाको लहानमा तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पहलमा सम्पन्न भेलाले चन्दनकुमार कर्णको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालका सहसंयोजकमा रिक्मा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter