भक्तपुर, २७ जेठ (रासस) ः सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस)ः प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव...बाँकी अंश →
चितवन, २७ जेठ (रासस) ः जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो । पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु...बाँकी अंश →
जनकपुरधाम, २७ जेठ (रासस) ः प्रदेश नं २ को नामकरण र कामकाजको भाषाका सम्बन्धमा मधेशवादी दलको अस्पष्टताले अन्तरविरोधको अवस्था सिर्जना भएको धारणा व्यक्त गरिएको छ । निर्वाचनका बेला मैथिली र भोजपुरीमा मत माग्ने तर विजयी भएपछि दुवै भाषाको विरोधमा उभिने मधेशवादी दलका जनप्रतिनिधिको क्रियाकलापले प्रदेशको नामकरण र प्रदेशको कामकाजको भाषा...बाँकी अंश →
डडेल्धुरा, २७ जेठ (रासस) ः समुद्री सतहबाट दुई हजार मिटर बढी उचाइमा रहेको गन्यापताललाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ ।तालक्षेत्र संरक्षण र संवद्र्र्धनका लागि अहिले गन्यापधुरा गाउँपालिका जुटिरहेको छ । एक टोली गन्यापताल पुगी सम्भाव्यता अध्ययन गरेको गाउँपालिकाले जनाएको छ । माहाभारत लेकको टाकुरोमा अवस्थित उक्त ताल झण्डै...बाँकी अंश →
पर्सा, २७ जेठ (रासस) ः रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, २७ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ । उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो । राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज...बाँकी अंश →
पोखरा, २७ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ विषयक कार्यक्रमको उद्घाटन समारोहमा उहाँले गरिबीलाई जरैदेखि उन्मूलन गर्नु आवश्यक भएको बताउनुभयो ।...बाँकी अंश →
ललितपुर, २७ जेठ (रासस) ः जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उपमहानिर्देशक प्रदीप थापाले बताउनुभयो । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा आउने पहिरोले स्थानीयवासी हैरान छन् । उहाँले भन्नुभयो, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा...बाँकी अंश →
विराटनगर, २७ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा...बाँकी अंश →
लहान, २७ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण...बाँकी अंश →
गाईघाट, उदयपुर, २७ जेठ (रासस) ः उदयपुर जिल्लाको पूर्वी व्यापारिक केन्द्रका रुपमा रहँदै आएको चौदण्डी गढी नगरपालिकास्थित बेल्टार बजारमा बसपार्कको नाममा जग्गा नभएका कारण यहाँ सञ्चालन हुने सवारी साधन अस्तव्यस्त थियो । विसं २०५४ देखि बेल्टार बजार क्षेत्रबाट अन्यत्र क्षेत्रसम्म आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: