०७ असार २०८३

प्रदेश

कार्यकारी राष्ट्रपति नेता दाहाल को कार्यसूची बाट खारिज

चितवन, २९ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भन्नुभयो, “जनमुखी...बाँकी अंश →


भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

काठमाडौँ, २९ जेठ(रासस)ः दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने...बाँकी अंश →


भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

चितवन, २९ जेठ (रासस) ः भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । वेवारिसे अवस्थामा फेला परेको सो...बाँकी अंश →


क्याटरिङ व्यवसायीको महाधिवेशन भोलि

काठमाडौँ, २९ जेठ ९रासस० ः नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशन ९दोस्रो साधरणसभा० भोलि जेठ ३० गते काठमाडौँमा हुने भएको छ । उक्त महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्याका बारे छलफल तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत छलफल गरिने छ । सोमबार...बाँकी अंश →


कोशी गापाका १६ विद्यालयमा दरबन्दी शून्य

नरुवा, २९ जेठ (रासस) ः सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा शिक्षा ऐन—२०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै...बाँकी अंश →


गोँगबुदेखि सिनामंगलसम्म ठूला बस चल्ने

काठमाडौँ, २९ जेठ (रासस) ः असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो ।...बाँकी अंश →


कुहुँको महभीरमा सडक पुग्यो

बेनी, म्याग्दी, २९ जेठ (रासस) ः मंगला गाउँपालिका–१ कुहुँको महभिर सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियानअन्तर्गत कुहुँ–कमलजैशी थान हुँदै महभिरसम्म पुगेको सडकको वडाध्यक्ष डेकबहादुर राम्जालीले सोमबार उद्घाटन गर्नुभयो । सडक उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम्जालीले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले...बाँकी अंश →


मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

चितवन, २९ जेठ (रासस) ः सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको...बाँकी अंश →


बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

वीरगञ्ज, २९ जेठ (रासस) ः बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद...बाँकी अंश →


काठमाडौँका तीन सुन पसलमा छापा

काठमाडौँ, २८ जेठ (रासस) ः सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा...बाँकी अंश →


समृद्धि नै एक मात्र अभीष्ट हो ः अध्यक्ष दाहाल

र्दिवास, २८ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताउनुभयो ।...बाँकी अंश →


पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरेको अभियोगमा तीन पक्राउ

महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter