१९ माघ २०८२

प्रदेश

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा, ५ असार (रासस) ः धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस आज कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित हुँदा दुर्घटना...बाँकी अंश →


प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुने

धनगढी, ५ असार (रासस) ः प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ । प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६को बजेट तथा कार्यक्रममा उक्त प्रदेशमा पर्यटकीयस्थलको प्रवद्र्धन र विकास गर्न पर्यटन बोर्ड स्थापना गरी...बाँकी अंश →


जंगली जनावरको शिकार बढ्दो

सोलुखुम्बु, ५ असार (रासस) ः जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ । जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ । चालू आर्थिक वर्षमा कृषकका २७ याक, १२ नाक, १२ चौँरीगाई,...बाँकी अंश →


प्रभावितलाई चार करोड ६३ लाख मुआब्जा

बाबियाचौर, म्याग्दी, ५ असार (रासस) ः दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गरेको हो ।...बाँकी अंश →


नुवाकोट दरबारको पुनःनिर्माण असोजदेखि

नुवाकोट, ५ असार (रासस) ः विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने भएको छ । दरबारको पुनःनिर्माणका लागि चासो देखाएको चीनले आगामी असोज महिनादेखि निर्माण कार्य थाल्ने भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले जानकारी...बाँकी अंश →


स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार खड्कालाई

पर्सा, ५ असार (रासस) ः स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार २०७५ वीरगञ्जकी सञ्चारकर्मी कविता खड्कालाई प्रदान गरिएको छ । विन्दुदेवी पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले महिला सञ्चारकर्मी खड्कालाई नगद रु ११ हजार र...बाँकी अंश →


महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

चितवन, ५ असार (रासस) ः एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाँैडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए । शरीरको विभिन्न...बाँकी अंश →


भरुवा बन्दुकसहित एक पक्राउ

लहान, ५ असार (रासस) ः हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको...बाँकी अंश →


डा देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार

काठमाडौँ, ५ असार (रासस) ः वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास...बाँकी अंश →


वडाध्यक्षलाई हातपात गर्नेविरुद्ध मुद्दा

सल्लेरी, सोलुखुम्बु, ५ असार ९रासस० ः वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको...बाँकी अंश →


कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल

काठमाडौँ, ५ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र...बाँकी अंश →


नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी, ५ असार (रासस) ः पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter