शनिबार, ०५ जेठ २०८१

जंगली जनावरको शिकार बढ्दो

५ असार २०७५, मंगलवार १७:०९ मा प्रकाशित

सोलुखुम्बु, ५ असार (रासस) ः जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ ।

जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ ।

चालू आर्थिक वर्षमा कृषकका २७ याक, १२ नाक, १२ चौँरीगाई, दुई जोक्पे, चार लाङ्गोरु र २२ वटा बाच्छाबाच्छी जंगली जनावरको शिकार भएका छन् ।

फार्मका निमित्त प्रबन्धक ललन यादवका अनुसार जंगली जनावरको आक्रमणबाट क्षति पु¥याएको पशुचौपायाको हकमा सगरमाथा नेशनल पार्कले प्रतिगोटा रु ३० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । जसमध्ये अहिलेसम्म २० जनाले क्षतिपूर्ति पाएका छन् भने ५८ जना प्रक्रियामा छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter