चितवन, १८ असार (रासस) ः भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या...बाँकी अंश →
काठमाडौँ, १८ असार (रासस) ः बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको हो ।...बाँकी अंश →

रामहरि न्यौपाने नुवाकोट, १८ असार (रासस) ः अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।...बाँकी अंश →
काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गर्नुभयो । सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि...बाँकी अंश →

बाबियाचौर, म्याग्दी, १८ असार (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको...बाँकी अंश →

लहान, १८ असार (रासस) ः लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा...बाँकी अंश →
खजुरा, बाँके, १८ असार (रासस) ः आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने...बाँकी अंश →

बुटवल, १८ असार (रासस) ः सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय...बाँकी अंश →
पोखरा, १८ असार (रासस) ः यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार यहाँ संयुक्तरुपमा सम्मान गरेका छन् । चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र...बाँकी अंश →
दाङ, १७ असार (रासस) ः मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार विद्यार्थीहरुले अदुवा अनुसन्धान केन्द्र सल्यानको बा२झ ३०७०, जिल्ला प्राविधिक कार्यालय रुकुमको बा१झ ८४२२ तथा आन्तरिक...बाँकी अंश →
भक्तपुर, १७ असार (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताउनुभएको छ । आज भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताउनुभएको हो । उहाँले...बाँकी अंश →

ललितपुर, १७ असार (रासस) ः नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: