२० माघ २०८२

प्रदेश

प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

बुटवल, २० असार (रासस) ः प्रदेश नं ¬५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलको अनुपस्थितिमा आन्तरिक...बाँकी अंश →


विपद्मा परेकाको उद्धार तथा क्षतिपूर्तिमा ध्यान दिन सांसदको सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा भारी वर्षाका कारण देशका विभिन्न भागमा ठूलो संख्यामा जनधनको क्षति भएकाले सरकारले सक्रियरुपमा राहत र उद्धारको व्यवस्था गर्न माग गरिएको छ । बैठकको विशेष समयमा बोल्ने सांसदहरुले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै डा गोविन्द केसीले शुरु गर्नुभएको अनशन, वर्षात्का कारण...बाँकी अंश →


राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

काठमाडौँ, २० असार (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयक ‘२०७५’ का विभिन्न शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिको माग गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ । नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले विनियोजन विधेयक अन्तर्गत मन्त्रायका विभिन्न शीर्षक माथिको छलफलमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थितिको माग...बाँकी अंश →


जनताको अधिकार विपरित निषेधाज्ञा जारी, संयोजक डा भट्टराई

काठमाडौँ, २० असार (रासस) ः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुख विरोधी गतिविधि देखाउनु चिन्ताको...बाँकी अंश →


राष्ट्रियसभाको बैठक अवरोध

काठमाडौँ, २० असार (रासस) ः राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो । बैठकमा काँग्रेस सांसद पाण्डेले बोल्दै अनशनरत चिकित्सक डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर...बाँकी अंश →


विश्वकप फुटबल ः प्रिक्वार्टरफाइनल समीकरण पूरा

काठमाडौँ, २० असार (रासस) ः रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । क्वार्टरफाइलनमा ६ राष्ट्र युरोपबाट तथा दक्षिण अमेरिकाबाट दुई राष्ट्र छनोट हुन सफल भएका छन् । युरोपबाट आयोजक रुस,...बाँकी अंश →


विद्युत् सेवा नियमित नहुँदा सेवाग्रही मारमा

वीरगञ्ज, २० असार (रासस) ः विद्युत् सेवा नियमित नहँुदा यहाँका सेवाग्रही मारमा परेका छन् । प्रत्येक पाँचदेखि १० मिनेटमा विद्युत् जाने गरेको र भोल्टेज घटबढ हुनेगरेका कारण कम्प्युटर, ल्यापटप, बल्ब जस्ता उपकरणमा असरपर्ने गरेको तथा कतिपयको इन्र्भटरसमेत चार्ज हुन नसकेकाले यसको प्रत्यक्ष असर सञ्चारकर्मीलाई पर्न गएको छ । एउटा समाचार...बाँकी अंश →


सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

काठमाडौँ, २० असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भर्खरै...बाँकी अंश →


नौतले दरबारका काष्ठकला राष्ट्रिय संग्रहालयमा

काठमाडौँ, २० असार (रासस) ः विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ हुने गरेको छ । विसं २०७२ वैशाख १२ मा आएको भूकम्प तथा...बाँकी अंश →


अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित

लक्ष्मीप्रसाद सापकोटा फलेवास, पर्वत, २० असार (रासस) ः जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध पैmलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका...बाँकी अंश →


तेक्वान्दोमा सैनिक महाविद्यालय च्याम्पियन

भीदमत्तनगर, २० असार (रासस) ः कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ । सैनिक महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए । मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सेनाको महाविद्यालयले तीन स्वर्ण, तीन रजत र १०...बाँकी अंश →


विद्यालयलाई फोहर व्यवस्थापन सामग्री

रामपुर, पाल्पा, १९ असार (रासस) ः बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने फोहरमैला व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापन सामग्री वितरण गरेको हो । यसका लागि गमबुट, पन्जा, मास्क, एप्रोन, गम्छा र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter