२० माघ २०८२

प्रदेश

भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

–शेरबहादुर सिंह कञ्चनपुर, २८ असार (रासस) ः भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र...बाँकी अंश →


कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

जाजरकोट, २८ असार (रासस) ः यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ । वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ । यहाँ कार्यरत...बाँकी अंश →


सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

काठमाडौँ, २८ असार (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गर्नुभएको छ । शिष्टाचार भेटका लागि आज उहाँकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गर्नुभएको हो । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक...बाँकी अंश →


बहुभाषिक कविगोष्ठी

गोदावरी, ललितपुर, २८ असार (रासस) ः नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गर्नुभएको छ । कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो...बाँकी अंश →


खानेपानीको ८८ प्रतिशत मुहान प्रदूषित

भक्तपुर, २८ असार (रासस) ः भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका...बाँकी अंश →


रासस समाचार प्रभाव ः अनिललाई सहयोग जुट्न थाल्यो

खोटाङ, २७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सर पीडित अनिल राईको उपचारमा समस्या भएको समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत प्रकाशन भएपछि आर्थिक सहयोग जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर भएका १९ वर्षीय अनिलको उपचारमा आर्थिक अभाव भएको समाचार गत जेठ १२ गते राससमार्फत विभिन्न...बाँकी अंश →


वैधानिक बाटो रोज्न डा केसीलाई राज्मन्त्री अर्यालको आग्रह

काठमाडौँ, २७ असार (रासस) ः स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न...बाँकी अंश →


मौद्रिक नीतिप्रति निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

काठमाडौँ, २७ असार (रासस) ः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज अपराह्न यहाँ सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा अर्थतन्त्रको विद्यमान अवस्था एवं...बाँकी अंश →


सुशासनको नयाँ इतिहास रचना गर्छु ः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ असार (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ । “सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भन्नुभयो, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको...बाँकी अंश →


एकाधिकार फर्काउने कुरा अब सम्भव छैन ः गृहमन्त्री थापा

काठमाडौँ, २७ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको...बाँकी अंश →


तटबन्ध निर्माणमा ढिलाइ

गुलरिया, बर्दिया, २७ (रासस) ः बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् । बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो । नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३...बाँकी अंश →


संयुक्त सीमा सुरक्षा बैठकको तयारी

नेपालगञ्ज, २७ असार (रासस) ः बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ । दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter