बिहिबार, २० बैशाख २०८१

कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

२८ असार २०७५, बिहीबार १३:४३ मा प्रकाशित

जाजरकोट, २८ असार (रासस) ः यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ । वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ । यहाँ कार्यरत अहेव लोकेन्द्र बस्नेत वैशाख ५ देखि कार्यालयमा हाजिर नभएको पाइएको हो । बिरामी जाँच्नेदेखि औषधि वितरण सम्मको कामसम्म कार्यालय सहयोगी नरबहादुरले गर्दै आएको बताउनुभयो । अहिले यो स्वास्थ्य संस्थामा मौज्दात रहेको औषधिसमेत म्याद गुर्जिएको अवस्थामा रहेको पाइएको छ ।

दैनिक ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने भए पनि उपचारको अभावमा फर्कने गरेको कार्यालय सहयोगी बस्नेतले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter