शनिबार, २२ बैशाख २०८१

प्रदेश

तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

रोल्पा, ३ साउन (रासस) ः रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको...बाँकी अंश →


जाजरकोटका कैदीबन्दीद्वारा सेवासुविधाबाट वञ्चित

जाजरकोट, ३ साउन (रासस) ः जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  । खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताउनुभयो  । कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उहाँको आरोप छ । खल्तीमा पैसा हुनेको उपचार...बाँकी अंश →


मेलमिलाप पद्धतिमार्फत मुद्दा टुंगोमा

पाल्पा, ३ साउन (रासस) ः पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता...बाँकी अंश →


महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

गौशाला, ३ साउन (रासस) ः महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक...बाँकी अंश →


जोखिम वर्गका लाभग्राहीलाई रु ५० हजार थप

रसुवा, ३ साउन (रासस) ः भूकम्पपछि जोखिम वर्गमा सूचीकृत भएका प्रभावित बासिन्दालाई रेडक्रसले थप सहयोग दिने भएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार आवास पुनःनिर्माणको कार्यअन्तर्गत लाभग्राही छनोट भएको तर पारिवारिक सहारा नभई जोखिम वर्गमा परिभाषित भएका ७० वर्षमाथिका १६५ जना ज्येष्ठ नागरिक, ६५ वर्षमाथिका...बाँकी अंश →


गर्मीयाममा सर्पदंशबाट पाँचजनाको मृत्यु, प्रभावकारी छैनन् सर्पदंश उपचार केन्द्र

दाङ, ३ साउन (रासस) ः यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै जिल्लामा सर्पदंशबाट पाँचजनाको ज्यान गइसकेको छ ।...बाँकी अंश →


पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

डडेल्धुरा, ३ साउन (रासस) ः पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो । पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि...बाँकी अंश →


छोरी जन्माएको भन्दै घर निकाला

इनरुवा, ३ साउन (रासस) ः सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित हुनुभएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताउनुभयो । उहाँले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले...बाँकी अंश →


इटहरी ल्याण्डफिल्ड सडक कालोपत्र अन्तिम चरणमा

इटहरी, ३ साउन (रासस) ः पूर्वी नेपालकै महत्वाकांक्षी योजनाका रुपमा रहेको इटहरीको ल्याण्डफिल्ड क्षेत्रसम्म जाने पक्की ढलसहितको सडक कालोपत्रे गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिका–१० स्थित बूढीगंगाको पश्चिमतटमा उक्त भौतिक पूर्वाधार निर्माण भएको पनि उपमहानगरपालिकाले बताएको छ । इटहरी विराटनगर सडकखण्डको खनार...बाँकी अंश →


विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

विराटनगर, ३ साउन (रासस) ः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा...बाँकी अंश →



काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत

काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter