दाङ, ४ साउन (रासस) ः यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, ४ साउन (रासस) ः दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । रघुगंगा गाउँपालिका–१ मा जिल्ला...बाँकी अंश →
दुनै, डोल्पा, ४ साउन (रासस) ः डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफँैले गोली चलाई...बाँकी अंश →
काठमाडौँ, ३, साउन (रासस) ः नेपाल पत्रकार महासंघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको अनशनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाउँदै...बाँकी अंश →

काठमाडौँ, ३ साउन (रासस) ः नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई यहाँ ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ । संघका महासचिव डा लोचन कार्कीले ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत’ स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा...बाँकी अंश →

आज काठमांडौको नक्साल स्थित केन्द्रीय बहिरा विद्यालय बालमन्दिरमा क़तार च्यारिटीले तीन सय पचीस बिद्यार्थीहरूलाई पढाईमा निरन्तरता दिलाउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरेको छ । केन्द्रीय बहिरा बिद्यालयमा कक्षा एक देखि दश सम्म अध्ययनरत रहेका प्रत्येक बिद्यार्थीहरुलाई एक थान झोला ,छ थान कापी र दश थान कलम दिएको र नर्सरी देखि यू....बाँकी अंश →

काठमाडौँ, ३ असार ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै...बाँकी अंश →
पोखरा, ३ साउन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी,...बाँकी अंश →

सुर्खेत, ३ साउन (रासस) ः बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसी काठमाडौँ जान तयार हुनुभएको छ । डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गर्नुभएको छ । काठमाडौँ भने सरकारको हेलिकोप्टरमार्फत नजाने र...बाँकी अंश →
बनियानी झापा, ३ साउन (रासस) ः विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि नेविसंघ २ नं क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाड भाँच्ने गरी शुल्क वृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी...बाँकी अंश →
– भीष्मराज ओझा काठमाडौँ, ३ साउन (रासस) ः विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच...बाँकी अंश →
काठमाडौँ, ३ साउन (रासस) ः आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: