शनिबार, ०५ जेठ २०८१

प्रदेश

प्रदेश पाँचमा छवटा संसदीय समिति

बुटवल, १० साउन (रासस) ः प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा...बाँकी अंश →


प्रहरी पोष्ट पहिरोले पुरयो

रसुवा, १० साउन (रासस) ः गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे...बाँकी अंश →


कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयगत छलफल

बुटवल, १० साउन (रासस) ः प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट तथा नीति कार्यक्रमको कार्ययोजना कार्यान्वयनका विषयमा मन्न्त्रालयगत छलफल जारी राखेको छ । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित मन्त्रालयगत प्रस्तुतीकरण कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालय तथा प्रदेशसभा सचिवालयसमेतले आव २०७४÷०७५...बाँकी अंश →


गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट

काठमाडौँ, ९ साउन (रासस) ः नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताउनुभएको छ । गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा समेत जिज्ञासा राख्नुभएको थियो । जवाफमा...बाँकी अंश →


शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ ः प्रधानमन्त्री

काठमाडौँ, ९ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको...बाँकी अंश →


नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरा

तुलसीपुर, दाङ, ९ साउन ९रासस० ः सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताउनु भएको छ । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उहाँले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान...बाँकी अंश →


अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

बैतडी, ९ साउन (रासस) ः गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी...बाँकी अंश →


क्यान्सर अस्पतालमा ब्राकी थेरापी

चितवन, ९ साउन (रासस) ः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण...बाँकी अंश →


पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, ९ साउन (रासस) ः गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको...बाँकी अंश →


रु दुई अर्बभन्दा बढी सिमेन्ट बिक्री

गाईघाट, उदयपुर, ९ साउन (रासस) ः नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार...बाँकी अंश →


महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल

दुनै, डोल्पा, ९ साउन (रासस) ः हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको...बाँकी अंश →


न्यायिक समितिद्वारा २१० मुद्दा छिनोफानो

थरी, मोरङ, ९ साउन (रासस) ः मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लाकै बढी संख्यामा मुद्दाको छिनोफानो गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २१० वटा मुद्दाको छिनोफानो गरेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले जानकारी दिनुभयो । विसं ०७४ साउन १५ मा गठन भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter