२१ मंसिर २०८२

प्रदेश

वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

मिक्लाजुङ, १३ असोज  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५÷७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो । ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही...बाँकी अंश →


प्रधानमन्त्रीबाट भवन शिलान्यास

ललितपुर, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण...बाँकी अंश →


मुख्यमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत

हेटौँडा, १३ असोज    प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाउनुभएको छ । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु र तर्जुमा हुन बाँकी ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरुको...बाँकी अंश →


बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

बेझाड ९पाल्पा०, १३ असोज  पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम सङ्कलन भएको छ । विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो । शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित...बाँकी अंश →


जीउँदो खसी, बोकाको मूल्य निर्धारण

काठमाडौँ, १३ असोज  सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १०...बाँकी अंश →


शाही घटना’ अनुसन्धान गर्न समिति गठन

चितवन, १३ असोज  भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस...बाँकी अंश →


वर्तमान संविधान जनताले निर्माण गरेको ः पूर्वसभामुख नेम्वाङ

इलाम, १३ असोज  पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताउनुभयो । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन...बाँकी अंश →


३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

अमरगढी, १३ असोज  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका...बाँकी अंश →


शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

जुम्ला, १३ असोज  तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै...बाँकी अंश →


मासु पसल मापदण्ड विपरीत

गुल्मी, १३ असोज  सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता मञ्चलगायतले तम्घास बजारका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत कारोवार गर्दै आएको पाइएको छ । अनुगमनका...बाँकी अंश →


सडक बनाउन माग गर्दै चक्काजाम

साँखु, काठमाडौँ, १३ असोज  साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र...बाँकी अंश →


व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव

काठमाडौँ, १३ असोज  नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter