२० माघ २०८२

प्रदेश

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडौँ, २१ साउन (रासस) ः विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ । अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका...बाँकी अंश →


नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन, २१ साउन (रासस) ः निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । जलविरे इच्छाकामना गाउँपालिका–६ मा र...बाँकी अंश →


कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

सुर्खेत, २१ साउन (रासस) ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।...बाँकी अंश →


सकारात्मक सोचले नै समृद्ध राष्ट्र निर्माण हुन्छ ः मुख्यमन्त्री गद्दी

पर्सा, २० साउन ९रासस० ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको सोचमा रुपान्तरण तथा सकारात्मक परिवर्तन नआएसम्म राष्ट्र समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । सडक, नाला, विद्यालय भवनजस्ता पूर्वाधार निर्माणले मात्र राष्ट्र समृद्ध हुन सक्दैन भन्नुहुँदै उहाँले समाजको सकारात्मक र प्रगतिशील सोचको विकासले नै मुलुकलाई...बाँकी अंश →


उपत्यकामा नै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

काठमाडौँ, २० साउन (रासस) ः नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण...बाँकी अंश →


मोतीसर चोक–चन्द्र माविसम्मको बाटो ‘प्रचण्डपथ’ नामकरण

कलैया, २० साउन (रासस) ः नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाउनुभएको छ । विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली काँग्रेसलाई...बाँकी अंश →


जनप्रतिनिधिका लागि सञ्चालित तीनदिने तालीम सम्पन्न

भक्तपुर, २० साउन (रासस) ः सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई तीनदिने भूकम्पपछिको पुनः निर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी तालीम प्रदान गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित तीनदिने सो तालिम आज समापनका अबसरमा न्यायाधीश बामदेव ज्ञवालीले स्थानीय तहमा कानून निर्माणका प्रक्रिया, त्यसको नमूना अभ्यासबारे जानकारी गराउनुभयो । यसअघि...बाँकी अंश →


मरिगए काउले फर्कँदैनौँ ः स्थानान्तरित कालिकावासी

–नारायण ढुङ्गाना रत्ननगर, २० साउन (रासस) ः भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले रिङ्गै बारिए पनि पानी रोक्न मुश्किल हुन्छ । त्यही पनि कुहिन थालेको छ । छानाबाट पानी चुहिन्छ । पानी...बाँकी अंश →


प्रतिनिधिसभा बैठक ः शोकप्रस्ताव पारित

काठमाडौँ, २० साउन (रासस) ः प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पङ्गेनी २०७० सालको संविधानसभा...बाँकी अंश →


मन्त्री महासेठद्वारा मुग्लिन–नारायणगढ सडकको स्थलगत निरीक्षण

काठमाडौँ, १९ साउन (रासस) ः भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उहाँले आज सो सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको हो । तनहुँमा पुल उद्घाटनका लागि...बाँकी अंश →


तलब नपाउँदा शिक्षक आन्दोलित

सुर्खेत, १९ साउन (रासस) ः आर्थिक वर्ष ०७५÷७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

चितवन, १९ साउन (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter