शुक्रबार, ०४ जेठ २०८१

कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

२१ श्रावण २०७५, सोमबार १०:४३ मा प्रकाशित

सुर्खेत, २१ साउन (रासस) ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।

आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार रु २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिनुभयो । “प्राविधिकसहितको टोली लिएर घटनास्थल जाजरकोट जाँदैछौंँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौं र पीडित परिवारका लागि राख्न लायकको ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ,” उहाँले भन्नुभयो । त्यसका साथै जोखिमस्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने कानूनमन्त्री भण्डारीले बताउनुभयो ।

मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्यत्रय गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री पनि प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter