
म्याग्दी, ९ भदौ ,, सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना...बाँकी अंश →

भीमदत्तनगर, ८ भदौ ,, कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो...बाँकी अंश →

नुवाकोट, ८ भदौ,, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो । उहाँलाई विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश...बाँकी अंश →

लहान, ८ भदौ ,, देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब...बाँकी अंश →

कपिलवस्तु ८ भाद्र । बकर इद अर्थात (कुर्बानी) इस्लामिक क्यालेन्डर अनुसार १२ औ महिना (जिलहिज्जा) को चाद देखिए पछी १० औ दिनमा इस्लाम धर्मालम्बीहरुले मनाउने पर्व लाई अरबीभासामा इद उलअदहाउर्दुमा बकर इद र समान्यतया सबैले बुझ्ने भासामाकुर्बानीभन्ने गरिन्छ ।यसपाली यो पर्व नेपालीपात्रो अनुसार यहिभदौ ६ गते बुधबार परेको छ ।...बाँकी अंश →

नुवाकोट, ८ भदौ ,, नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गत साउन ७ गते राति धमले–जिलिङ सडक...बाँकी अंश →

रत्ननगर, ८ भदौ,, कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो...बाँकी अंश →

रसुवा, ८ भदौ , यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा...बाँकी अंश →

बैतडी, ८ भदौ ,, कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।साउन मसान्तसम्म स्थानीय...बाँकी अंश →

ललितपुर, ७ भदौ ,, यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् । सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना सवारी शाखामा निजी बस...बाँकी अंश →

चितवन, ७ भदौ ,, मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै...बाँकी अंश →

नुवाकोट, ७ भदौ,, विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको लागि वृद्धि गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी र विकास निर्माणमा संलग्न सरकारी निकायसँगको परामर्श, नेपाल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: