१७ माघ २०८२

प्रदेश

दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, १५ असोज  काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उक्त दुर्घटनाको बसका चालक...बाँकी अंश →


चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा, १५ असोज  मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी...बाँकी अंश →


प्रधानमन्त्रीको ‘सडक मानवमुक्त देश’ को सङ्कल्पले अभियानकर्मी उत्साहित

काठमाडौँ, १५ असोज    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता...बाँकी अंश →


नेपाल र सिङ्गापुर भिड्ने

काठमाडौँ, १५ असोज  सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि...बाँकी अंश →


सुनको मूल्य तोलाको ६०० बढ्यो

काठमाडौँ, १५ असोज  मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार...बाँकी अंश →


ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

नेपालगञ्ज, १५ असोज  नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ । छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा...बाँकी अंश →


औषधि खरीदका लागि बजेट नहुँदा समस्या

भद्रपुर, १५ असोज  झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन् । सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी...बाँकी अंश →


आफन्त नेपालको कार्य सराहनीय

  अजय मिश्र/ कृष्णनगर कपिलवस्तु असोज १५ मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै आएको छ र सयौ चेलिहरु उद्धार र पुनर्स्थापना गर्दै आएको छ ।कपिलवस्तु...बाँकी अंश →


छोटी भन्सारको जाँचपास सेवा कार्यान्वयनमा आएन

नवलपरासी, १५ असोज  पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा जाँचपास सेवा विस्तार गरे पनि सेवा व्यवहारिकरूपमा कार्यान्वयनमा आउन सकेको छैन । सो कार्यालयबाट एक महीनाअघि रु २५ हजारसम्मको जाँचपास सेवा प्रारम्भ गरिए पनि सेवाग्राही नआउने गरेकाले सेवा कार्यान्वयनमा आउन नसकेको हो । व्यापारीलाई लक्षित गरी भारतीय बजारबाट रु २५ हजारसम्मको...बाँकी अंश →


बाघको आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख

धम्बोझी, १५ असोज  बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे । थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र...बाँकी अंश →


नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु, १५ असोज    यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि...बाँकी अंश →


जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

राँझा, १५ असोज  जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter