२१ माघ २०८२

प्रदेश

बाजुरा: बाबुद्वारा छोरीको हत्या

बाजुरा,  स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव...बाँकी अंश →


बर्दिया: मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारवाहीमा

बर्दिया,   सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ । कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान...बाँकी अंश →


बर्दिवास: चोरी डकैतीमा तीन अभियुक्त पक्राउ

बर्दिवास, २६ भदौ :  चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका–६ जमुनियाँका अर्जुन भुजेलको घरबाट रु १० लाख बराबरको...बाँकी अंश →


बाढी र कटानको चपेटामा भुरुङ तातोपानी

म्याग्दी, २६ भदौ:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो । बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ...बाँकी अंश →


गोली प्रहारबाट तरुण दलका नेताको मृत्यु

रोल्पा, २४ भदौ ,,   रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका...बाँकी अंश →


जनतालाई कर र महङ्गीको भार थोपरियो– सभापति देउवा

गुलरिया, बर्दिया २४ भदौ ,,    नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताउनुभयो ।...बाँकी अंश →


‘पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्न’

कलैया, २४ भदौ ,,   नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताउनुभएको छ । १०५औँ बिपी जयन्तीको अवसरमा आज आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावी रहेको हुँदा पार्टी झुपडीमा बस्नेका...बाँकी अंश →


हुलाकि सड़क निर्माणमा तीव्रता दिन आवश्यक

आज कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हूलाकि निर्माणमा तीव्रता दिन आज भदौ२४ गते हूलाकि सड़क सँघर्ष समितिले ध्यानकेन्द्रित गराएका छन ।बिशेष गरी कपिलवस्तुको तौलिहवा देखि बहादुरगंज सम्म एकदमै जीर्ण अवस्थामा रहेको हूलाकि सड़कमा आवत जावत गर्न स्थानीयलाई ठुलो पीर परेको हुन्छ । समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पुत्र बुझाउदै यथाशीघ्र...बाँकी अंश →


जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून

म्याग्दी, २४ भदौ,,  म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन । चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको...बाँकी अंश →


इलाममा बम फेला

इलाम, २४ भदौ,,    इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो । पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको...बाँकी अंश →


पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत

नेपालगञ्ज, २४ भदौ ,,   नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ । आज यहाँ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले...बाँकी अंश →


विदेशको कमाइले ‘सुपरमार्केट’

दाङ, २४ भदौ ,,   पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter