२१ माघ २०८२

प्रदेश

मोहर्रम पर्बमा प्रदर्शनका लागी राखिने तहजिया बनाउने पेशा राम्रो आम्दानीको स्रोत

कपिलवस्तु असोज ४ ,,  मुस्लिम धर्मावलम्बीहरुको पर्ब मोहर्रमका बेला कपिलबस्तुमा प्रदर्शनका रुपमा राखिने तहजियाबाबा बनाउने पेशा राम्रो आम्दानीको स्रोत बनेको छ । रंगीचङ्गी कागज र बासको सहायताले लामो आकारमा बनाइने तहजियाबाबाको विक्रीबाट करीब २ दर्जन परिवारले राम्रो आम्दानी गरको छन् । पछिल्लो वर्षहरुमा हिन्दु धर्माबलम्बीले पनि तहजियाबाबाको पुजाआजा गर्न थाले...बाँकी अंश →


मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज, ४ असोज ,,    नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो । ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको...बाँकी अंश →


किबी खेती विस्तार

पर्वत, ४ असोज,,    थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत...बाँकी अंश →


निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

काठमाडौँ, ४ असोज ,,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह...बाँकी अंश →


अज्ञात समुहले दिउसाे नै भुटाहा र घुस्कीमा गोलि चलायाे : एक जनाको मृत्यु एक जना घाइते

भुटाहा सुनसरी , असोज ४ ,, सुनसरीको हरिनगर गाउँपालीकामा अज्ञात समुहले गोलि चलाउदा एकजनाको मुय्तृ भएको छ भने एक जना प्रहरी गम्भीर घाइते भएको स्थानीयहरु बताएका छन् । साविककाे भुटाहा वडा नम्बर ४ हाल हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहा बस्ने स्थानीय नेकपा एमालेका नेता खुर्शिद अालम अन्सारीलाई तीन गाेलि...बाँकी अंश →


एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा

दमौली, ४ असोज ,,   तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको...बाँकी अंश →


सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष

नवलपरासी, ४ भदौ ,,  नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित हुनुभएको छ । कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष...बाँकी अंश →


नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज, ४ असोज ,,   नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय...बाँकी अंश →


त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

काठमाडौँ, ४ असोज ,,    त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न...बाँकी अंश →


अवरुद्ध सडक एक हप्तापछि खुल्यो

म्याग्दी ४ असोज ,,   बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर...बाँकी अंश →


ढुवानी सम्झौता रद्द गर्न सकिने

काठमाडाँै, ३ असोज ,,   नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री...बाँकी अंश →


खेलाडी दर्ता आजदेखि शुरु

काठमाडौँ, ३ असोज (रासस) ः आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया आजदेखि शुरु भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको जनाएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter