शुक्रबार, २१ बैशाख २०८१

मोहर्रम पर्बमा प्रदर्शनका लागी राखिने तहजिया बनाउने पेशा राम्रो आम्दानीको स्रोत

अजय बर्मा

४ आश्विन २०७५, बिहीबार १६:१७ मा प्रकाशित

कपिलवस्तु असोज ४ ,,  मुस्लिम धर्मावलम्बीहरुको पर्ब मोहर्रमका बेला कपिलबस्तुमा प्रदर्शनका रुपमा राखिने तहजियाबाबा बनाउने पेशा राम्रो आम्दानीको स्रोत बनेको छ । रंगीचङ्गी कागज र बासको सहायताले लामो आकारमा बनाइने तहजियाबाबाको विक्रीबाट करीब २ दर्जन परिवारले राम्रो आम्दानी गरको छन् । पछिल्लो वर्षहरुमा हिन्दु धर्माबलम्बीले पनि तहजियाबाबाको पुजाआजा गर्न थाले पछि त्यसको खरिदबिक्री समेत बढेको हो । तहाजिया बाबा निर्माण गरी बिक्री गर्ने व्यापारीले यस बर्ष एक जनाले एक सय बढी तहाजिया बिक्री गरेका छन् । तौलिहवामा मात्र तहाजिया बनाई विक्री गर्नेहरुको संख्या दर्जन भन्दा बढी रहेको छ । यसका लागि उनीहरुले ३ महिना अघि देखि नै बासलाई लचिलो बनाउने र रंगीचंगी काजगको व्यवस्था गरि बनाउन थाल्छन् । कपिलवस्तु नगरपालिकाका–१ दर्जनबढी परिवारहरुले तहजिया बाबा बनाउने यो पेशालाई आफ्नो मौसमी मुख्य पेशा बनाएका छन् । घर परिवारका सवै सदस्यहरु मिलेर २÷३ महिनामा तहाजिया बाबा बनाई बेच्दा १ देखि २ लाख रुपैया आम्दानी हुने गरेको कपिलवस्तु नगरपालिका वडा नं. १ का तहाजिया व्यापारी सोमई पखियाले बताउनु भएको छ उस्तै अर्का व्यापारी साकिर अलि पखियाले ६० देखि ७० हजार रुपैया आम्दानी हुने गरेको बताउंछन् ।

मुस्लिम समुदायले शोक पर्वका रुपमा मनाउने मोर्हरम पर्व ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका छोरी पट्टीका नाती हजरत हुसेन र उनका परिवारलाई ईराकको कुफा र बसरा शहर विचको करवलामा हत्या गरिएको दिनको स्मरण गर्दै मुस्लिम धर्माबलम्बीहरुका धार्मिक गुरुहजरते इमामे हुसैनको सम्झनामा मनाइने पर्बमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ ।

अहिले बजारमा २ देखि १० मिटर अग्लो सम्म तहाजिया विक्रि बितरण भईरहेको छ । तहजिया भाक लगरे सजिलै मनोकाक्षा पुरा हुने भन्दै हिन्दु समुदायका श्रद्धालु भक्तजनहरुले मनोकाक्षा पुरा भए पछि आफनो गच्छे अनुसार तहाजिया खरिद गरि मुहर्रमका दिन करबला(चिहान) मा पुजा आजा गरि विर्सजन गर्ने बताउन छन् ।

तहाजिया बाबा बनाउने सामग्रीहरुको मुल्य बढ्दै जांदा भने आफुहरुको मेहनतको पैसा उठाउन निक्कै गाह्रो पर्ने उनीहरुको गुनासो भए पनि तौलिहवा लगायत कपिलवस्तु नगरपालिका विभिन्न स्थानहरु तथा जिल्लाका मुस्लीम वस्ती भएका ठाउंहरुमा २ दर्जन परिवारहरु यसै पेशालाई मौसमी पेशाको रुपमा अंगाल्दै जिविको पार्जनका लागि थप आय आर्जन गर्न सफल भएका छन् ।

पछिल्ला वर्षहरुमा मुस्लिम समुदायका साथ साथै कपिलवस्तुका हिन्दु समुदायले पनि ताहजिया बाबा स्थापना गरी मुस्लिम समुदायसंगै मोर्हरम पर्व मनाउंदै आएका छन् । मुस्लिम तथा हिन्दु समुदायले संगसंगै मनाउने यो पर्वले तराई मधेशमा धार्मिक सद्भाव बढाउने पर्वको रुपमा विकास हुदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter