२१ माघ २०८२

प्रदेश

मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध

कुश्मा, ५ असोज ,,   नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय...बाँकी अंश →


सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग

काठमाडौँ, ५ असोज ,,   राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको...बाँकी अंश →


काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

पोखरा, ५ असोज,,     झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२...बाँकी अंश →


सशस्त्र प्रहरी बलको गुल्म स्थापना

बेत्रावती, ५ असोज ,,    नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म हेडक्वाटरको नं १९ कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । गुल्ममा...बाँकी अंश →


प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

बाजुरा, ५ असोज ,,    अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै...बाँकी अंश →


पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु

पाल्पा, ५ असोज ,,    ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो । यस वर्ष प्राविधिक...बाँकी अंश →


सङ्घ, प्रदेश र स्थानीय तहका क्षेत्राधिकारकाबारेमा छलफल

काठमाडौँ, ४ असोज ,,   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सङ्घीय व्यवस्थामा संविधानले निर्दिष्ट गरेका अधिकारको कार्यान्वयनका सम्बन्धमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको छफललमा उद्योगमन्त्री मातृका यादवले संविधानको अनुसूचीमा भएका अधिकारको कार्यान्वयनमा सङ्घ र प्रदेश सरकारबीच विवाद सिर्जना नहुने गरी अघि बढ्नुपर्ने बताउनुभयो...बाँकी अंश →


घरटहरा नहटाउँदा काम अवरुद्ध

ललितपुर, ४ असोज ,,   नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलङ्की सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ । सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले काममा बाधा पु¥याएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । सातदोबाटो, थसिखेल, ग्वार्खाे, बालकुमारी लगायतका स्थानमा...बाँकी अंश →


द्रुतमार्ग निर्धारित समयमै – नेपाली सेना

काठमाडौँ, ४ असोज ,,   नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट...बाँकी अंश →


एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

काठमाडौँ ४ असोज,,    नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार तथा दाङमा तुल्सीपुर र घोराही कारागार रहेका छन् । ७७ जिल्लामध्ये धनुषा, भक्तपुर, बारा,...बाँकी अंश →


कपिलवस्तुमाअ.हे.ब. उग्रशेन मुराउको दादा गिरी तौलिहवा बासी अक्रोसित

कपिलवस्तु ४ आश्विन । कपिलवस्तु जिल्लाको सदरमुकाम स्थित तौलिहवा अस्पतालमा अ.हे.ब. उग्रशेन मुराउको दादागिरी चर्म सिमा नै नघिसकेकोे छ । हिजो कपिलवस्तु नगरपलिका वडा नं. १ तौलिहवा बस्ने संजय कान्दु लाई बेहोसी हालतमा निजको श्रीमति तथा टोल छिमेकका बासीहरुले बिरामी संजय कान्दुलाई एमेरजन्सी फाँटमा लाग्दा त्यहाँ कुनै डाक्टर नभएर अ.हे.ब....बाँकी अंश →


१३ बर्षिय बालिका निमर्ला पन्तको न्याय माग्दै कपिलवस्तुका विद्यार्थि सडकमा ।

कपिलवस्तु  असोज ४,,  बलत्कार पछी हत्या गरीएकी १३ बर्षिय बालिका निमर्ला पन्तको न्याय माग्दै कपिलवस्तुको बुद्धभुमीमा बालबालिकाहरु द्धारा प्रर्दशन भएको छ । भृकुटी माविका बिद्यार्थी बालबालिकाहरुले बुद्धभुमीको बुड्ढी चोकमा आज विहान ११ वजे प्रर्दशन गरेका हुन । हातमा प्लेयिंग कार्ड बोक्दै नाराबाजी गर्दै उनिहरुले निमर्ला पन्तको हत्यारालाई पक्राउ गर्न माग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter