
काठमाडौँ, ९ असोज ,, महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी सोमबार बेलुका...बाँकी अंश →

पोखरा, ९ असोज,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख...बाँकी अंश →

चितवन, ९ असोज ,, समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगले गलिसकेपछि मात्र अस्पताल पुग्ने कारण उपचारमा कठीनाइ हुने गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर...बाँकी अंश →

हेटौँडा, ९ असोज ,, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगर्ने सुरक्षा निकायलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला सुरक्षा समिति सिन्धुलीको संयुक्त आयोजनामा भएको छलफलमा उहाँले राज्यको सुरक्षाको अवस्था, सुरक्षा निकायको...बाँकी अंश →

धनगढी, ९ असोज ,, प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले समितिको प्रतिवेदन...बाँकी अंश →

इमरानखान कपिलवस्तु9 आश्विन । कपिलवस्तुको छोटी भन्सारसुठौलीलाई ठूलो भन्सार नाकाभन्सार कार्यालयबनाउने सांसद पंथी र प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको अथकप्रयास बाट आज छोटी सुठौलीभन्सार कार्यालयलाईसुठौलीठूलो भन्सार नाकाकार्यालयको उद्घाटन आज अर्थमन्त्रीयुवराज खतिवडा द्धाराहुने भएको छ । छोटी भन्सार कार्यालयको रुपमाकामगरिरहेको सुठौलीनाकाआज देखि ठूलो भन्सार नाकाको रुपमा स्तरउन्नतीहुने भएको हो । भन्सार...बाँकी अंश →

चितवन, ९ असोज ,, तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर...बाँकी अंश →

बैतडी, ९ असोज ,, सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । शिक्षा शाखा प्रमुखबिहीन...बाँकी अंश →

बाँके, ९ असोज ,, बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज...बाँकी अंश →

अत्तरिया, ९ अजोज,, प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ । पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र...बाँकी अंश →

घोराही, ९ असोज ,, प्रत्येक प्रदेशमा कम्तीमा एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ (साविकको लक्ष्मीपुर र धर्ना गाविस) मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएपछि उद्योग, आपूर्ति तथा वाणिज्य...बाँकी अंश →

दमौली, ९ असोज ,, एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाले व्यास नगरपालिका–५ स्थित वेतेनीमा थप जग्गा अधिग्रहण गर्नेछ । आयोजनाको ड्याममा जाने प्रवेशमार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: