१२ मंसिर २०८३

प्रदेश

छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

काठमाडौँ, १८ असोज,,   निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने...बाँकी अंश →


एक साताभित्र दोषीमाथि कारवाही’

काठमाडौँ, १८ असोज,,   गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उहाँले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष...बाँकी अंश →


अदालतमा नेपाली भाषा प्रष्ट बनाऔँ’

बलेवा, १८ असोज,,   बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ । फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा जितेको भन्ने समेत प्रष्ट नहुने खतरा रहन्छ । अदालतमा यस्ता उदाहरण धेरै भएका छन् । त्यसैले सर्वोच्च अदालतबाटै भाषामा शुद्धता ल्याउने...बाँकी अंश →


कृषकको पहिचानका लागि वर्गीकरण

पोखरा, १८ असोज,,  गण्डकी प्रदेश सरकारले वास्तविक कृषकको पहिचानका लागि वर्गीकरण शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार गरी त्यसैका माध्यमबाट यहाँका ११ वटै जिल्लाका प्रत्येक वडामा कृषक वर्गीकरण गर्न लागेको हो । मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठका अनुसार मन्त्रालयले पर्वतको...बाँकी अंश →


सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

डोटी, १८ असोज (रा,,  दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द...बाँकी अंश →


दशैँ मनाउन घर फर्किदै नेपाली

बाँके, १८ असोज (रासस) ः भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिनुहुन्थ्यो । उहाँलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर...बाँकी अंश →


अतिक्रमित टहरा भत्काइयो

घोराही, १८ असोज,,  आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन् । घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको...बाँकी अंश →


दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते

भद्रपुर, १८ असोज,,   पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२...बाँकी अंश →


एक वडाः एक मूल सडक

काठमाडौँ, १८ असोज,,   शहरी विकासको क्रममा बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी भक्तपुर जिल्लाभित्र रहेका सबै नगरपालिकाका प्रत्येक वडामा मूल सडकले जोड्ने योजना अघि सारिएको छ । शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भएको ‘विगतमा भएका सडकका स्तरोन्नति’ विषयको छलफल कार्यक्रममा सडक विस्तारलाई दु्रत गतिमा अघि बढाउने सहमति भएको छ ।...बाँकी अंश →


नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र

कास्की, १८ असोज,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको...बाँकी अंश →


अलैँचीको विकल्प खोज्दै किसान

इलाम, १८ असोज,,   ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो...बाँकी अंश →


आलेख ः पर्वतमा विकराल बन्दै आत्महत्या

पर्वत, १८ असोज,,   पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि जन्मेका एक छोरो त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter