
हुम्ला, १९ असोज ,, नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको...बाँकी अंश →

भादगाउँ, १९ असोज,, भक्तपुरको टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्वार शुरु गरिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सो मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार शुरु गरेको हो । नगरपालिकाले न्हुछेराम भेलेको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिमार्फत सो मन्दिरको जीर्णोद्वार शुरु गरेको हो । पहिलो चरणमा मन्दिरको माथिल्लो छानाको जीर्णोद्वार गरिनेछ...बाँकी अंश →

म्याग्दी, १९ असोज,, कालीगण्डकी नदीको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको आर्थिक सहयोगमा १० फुटे २९ पाता र ८ फुटे...बाँकी अंश →

उर्लाबारी, १९ असोज ,, सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ । खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो । गृहमा ४८ बालबालिका आश्रित...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको...बाँकी अंश →

लमही, १९ असोज ,, दाङको लमहीबाट अबैधरुपमा सालको काठ लैजाँदै गरेका पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गढवाले पाँच काठ तस्करसहित २३ क्यूफिट सालको गोलिया र घप्पु बरामद गरेको हो । गढवा गाउँपालिका–४ पर्सेनीबाट उनीहरूलाई पक्राउ गरिएको गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा...बाँकी अंश →

चितवन, १९ असोज,, जिल्ला प्रहरी कार्यालय चितवनले दशैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियायाकलाप बढ्न सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । यो योजना बिहीबारबाट लागू भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो...बाँकी अंश →
पोखरा, १९ असोज ,, दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित गर्ने जानकारी दिनुभयो । शान्ति सुरक्षाकै लागि...बाँकी अंश →

काठमाडौँ, १९ असोज ,, भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र...बाँकी अंश →

भद्रपुर, १९ असोज,, पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ । आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो । चार चरणमा सञ्चालन हुने महाअभियानको शुभारम्भ अवसरमा मङ्सिर ४ गते नेपालको चर्चित साङ्गीतिक...बाँकी अंश →

दमक, १९ असोज,, कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: