
बुटवल, २१ असोज ,, नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो । आगामी कात्तिक २८ देखि ३० गतेसम्म...बाँकी अंश →

बागलुङ, २१ असोज,, एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य...बाँकी अंश →

भीमदत्तनगर, २१ असोज ,, कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिनुभयो । विसं २०४६ मा बझाङ्को बुगङ्लबाट बसाइँ सरेर यहाँ आउनुभएका टमटाको लामो समयदेखि रोजगारीको गन्तव्य भने भारतको बैङ्लोर बन्यो । केही समयअघि घर आएका टमटा बस्तीको...बाँकी अंश →

बाँके, नेपालगञ्ज, २१ असोज ,, बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगैको सत्खुलवा ताल लोप हुने अवस्थामा पुगेकोे रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ । उक्त निकुञ्जका संरक्षण प्रमुख अशोक भण्डारीका अनुसार फूल हेर्नका लागि पनि उक्त ताल पर्यटकको गन्तव्य बनेको छ । वारबर्दिया नगरपालिकाका कार्यालय प्रशासकीय अधिकृत चुडामणि...बाँकी अंश →

काठमाडौँ, १९ असोज,, नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।...बाँकी अंश →

गाईघाट, २१ असोज ,, प्रगतिशील लेखक सङ्घ (प्रलेस) उदयपुरको चांैथो अधिवेशनले माधव पोखरेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । गाईघाटमा भएको अधिवेशनले पोखरेललाई नयाँ कार्यसमितिको अध्यक्षमा निर्विरोध चयन गरेको सङ्घका सस्थापक अध्यक्ष पुण्य कार्कीले बताउनुभयो । सङ्घको उपाध्यक्षमा सम्झना राई, सचिबमा श्याम ढुङ्गाना, सहसचिवमा नारायण थापा...बाँकी अंश →

बाजुरा, २१ असोज ,, जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ । एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीनाअगाडि जडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको सहयोगमा अहिले उपचार गराउन सजिलो भएको कार्यालय प्रमुख रूपचन्द्र विश्वकर्माले बताउनुभएको छ । बडिमालिका नगरपालिकाले सहयोगस्वरूप...बाँकी अंश →

मुसिकोट, २१ असोज,, रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ । तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडाँै – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडांँै र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक÷एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले...बाँकी अंश →

काठमाडौँ, २१ असोज,, राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ...बाँकी अंश →

राजविराज, २१ असोज ,, सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो...बाँकी अंश →

लहान, २१ असोज ,, लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक...बाँकी अंश →

मङ्गलबारे, २१ असोज,, इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ । इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो । नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: