०९ चैत २०८२

प्रदेश

आगलागीबाट रु छ लाखको क्षति

उर्लाबारी, २२ असोज ,,   मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४०...बाँकी अंश →


खुला सीमाका कारण औलोको उच्च जोखिम

कञ्चनपुर, २२ असोज,,   खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला...बाँकी अंश →


लागूऔषधसहित पाँच पक्राउ

लहान, २२ असोज ,,   सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर...बाँकी अंश →


शरीरमा आगो लगाउँदा महिलाको मृत्यु

राजविराज, २२ असोज,,   सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो...बाँकी अंश →


टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

चौतारा, २२ असोज ,,   सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४...बाँकी अंश →


काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौँ, २२ असोज,,   ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र...बाँकी अंश →


निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

भीमदत्तनगर, २२ असोज,,   कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको...बाँकी अंश →


चौध सय घर पुनःनिर्माण

पर्वत, २२ असोज,,   विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पर्वतमा एक हजार ४०० घर निर्माण भएका छन् । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका हुन् । घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकमसमेत बुझिसकेका...बाँकी अंश →


मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

म्याग्दी २२ असोज ,,   मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...बाँकी अंश →


ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

बनेपा, २२ असोज ,,   काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना४त २८४० नं को ट्याक्टर आफँै अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका...बाँकी अंश →


गौरादह खुला दिसामुक्त घोषणा

भद्रपुर, २२ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी...बाँकी अंश →


एक महीने महिला हिंसाविरुद्धको अभियान

इलाम, २२ असोज,,   जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter