
धरान, २६ असोज,, प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको...बाँकी अंश →

दमौली, २६ असोज,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तनहुँका सबै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र तनहुँको बैठकले १० वटै स्थानीय तहमा संयन्त्र गठन गरेको...बाँकी अंश →

कञ्चनपुर, २६ असोज,, कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् । से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर–२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय...बाँकी अंश →

भक्तपुर, २६ असोज,, नेपाल राष्ट्रिय अभिभावक सङ्घको तेस्रो भक्तपुर जिल्ला अधिवेशनले नवराज काफ्लेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा सरु बानियाँ, डिल्लीराम गौतम, सचिवमा प्रतीक्षा शर्मा र विनु गोदार थापा, कोषाध्यक्षमा जानुका फँुयाल, सहसचिवमा उत्तम थापा चयन हुनुभएको छ । सदस्यमा हरिकृष्ण राउत, चन्द्रप्रसाद अधिकारी,...बाँकी अंश →

उर्लाबारी, २६ असोज,, मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई...बाँकी अंश →

मङ्गलबारे, २६ असोज,, इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय...बाँकी अंश →

काठमाडौँ, २५ असोज,, लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ...बाँकी अंश →

काठमाडौँ, २५ असोज,, कपिलवस्तुको यशोधरा गाउँपालिका–३ ले हरियाली र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न जातका फलफूलका बिरुवा निःशुल्करुपमा वितरणको अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत वडाले ६०० घरधुरीलाई आँप र एक लिचीको बिरुवा वितरण गरिएको वडाध्यक्ष सरिता त्रिपाठीले जानकारी दिनुभयो । आगामी दशैँका अवसरमा प्रत्येक घरधुरीलाई अमला र अम्बाको...बाँकी अंश →

मनाङ, २५ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक...बाँकी अंश →

दाङ, २५ असोज ,, सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपाल प्रहरीले जनताका यावत...बाँकी अंश →

नेपालगञ्ज, २५ असोज,, नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली...बाँकी अंश →

बागलुङ, २५ असोज,, गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् । लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: