१० असार २०८३

प्रदेश

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, २८ असोज,,   धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र...बाँकी अंश →


धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना ,, तिमिल्सिना

बागलुङ, २८ असोज,,   राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक...बाँकी अंश →


अस्पताललाई एम्बुलेन्स प्रदान

रामपुर पाल्पा, २८, असोज,,   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । उहाँले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । सो...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविरबाट २३७ जना लाभान्वित

मुसिकोट, २८ असोज ,,   रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् । चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक...बाँकी अंश →


हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर, २८ असोज,,   एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् । पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि...बाँकी अंश →


तनहुँ कालिका शहीद शान्ति पार्क पर्यटकीय गन्तव्य बन्दै

दमौली, २८ असोज,,   तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ ।...बाँकी अंश →


दशैँमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी, २८ असोज,,   दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका...बाँकी अंश →


बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा, २८ असोज,,   धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले...बाँकी अंश →


खानेपानी आयोजनाको शिलान्यास

नवलपरासी, २८ असोज,,   खानेपानी तथा सरसफाइमन्त्री विना मगरले शनिबार दिनभर पूर्वी नवलपरासीका विभिन्न खानेपानी आयोजनाको अनुगमन गर्नुभएको छ । मन्त्री मगरले देवचुली नगरपालिका–१६ मा शुरु हुनलागेको रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ओभरहेड ट्याङ्कीको एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो । त्यसै गरी मन्त्री मगरले गैँडाकोट नगरपालिका–१४ मा रहेको नगरटाँडी पुरानो...बाँकी अंश →


कालोबजारी बढ्दै गर्दा अनुगमन भएन

बाँके, २८ असोज,,  जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको बेमौसमी बनिरहेको छ ।...बाँकी अंश →


ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

कावासोती, २८ असोज ,,   पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दि“दा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको एमएच४६बिबि ८२११ नं को भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दि“दा उनको मृत्यु...बाँकी अंश →


खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन ,, अर्थमन्त्री

काठमाडौँ, २८ असोज ,,   अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि आर्थिक वृद्धिका लागि सहयोग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter