
पाल्पा, २७ असोज,, नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पीङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो । दशैँका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र...बाँकी अंश →

काठमाडौँ, २७ असोज,, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गर्नुभएको छ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा बहुमूल्य बोधिचित्तको विरुवा रोप्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले सङ्ग्रहालयको अवलोकनसमेत गर्नुभएको थियो...बाँकी अंश →

कञ्चनपुर, २७ असोज ,, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत...बाँकी अंश →

बेनी, २७ असोज,, म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी...बाँकी अंश →

बेत्रावती, २७ असोज,, विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हँुदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भूकम्पका कारण विस्थापित भएकालाई राहत वितरण र जीविकोपार्जनलगायत कार्यमा सहयोग पु¥याउने संस्था बाहिरिएको र सरकारी सहयोग नहुँदा उनीहरुलाई दैनिकी चलाउन कठिनाइ भएको हो । रसुवाको हाकु,...बाँकी अंश →
धादिङ, २७ असोज ,, पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२...बाँकी अंश →

पर्वत, २७ असोज,, आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आउनुभएका उहाँका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आउनुभएकी दीपा रानाले गोठ निर्माणमा गरिदिनुभएको हो । गत वैशाख १६ गते आगलागी...बाँकी अंश →

मुसिकोट, २७ असोज,, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफँैले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो । उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै...बाँकी अंश →

भीमदत्तनगर, २६ असोज,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पु¥याएको सम्बद्ध किसानले बताएका छन् । त्यसैगरी हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा बाढी पीडितका चार...बाँकी अंश →

रामेछाप, २६ असोज,, खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन शुरु भएको छ । अवैधरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत प्रहरी गस्ती परिचालन, महिला समूह परिचालन, चेतनामूलक कार्यक्रम सञ्चालन, मदिरा बिक्री वितरणका लागि लिएको अनुमतिको प्रमाणपत्र अनुगमनलगायतका काम हुने खाँडादेवी गाउँपालिकाकी...बाँकी अंश →

सिन्धुली, २६ असोज ९,, बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको...बाँकी अंश →

मुसिकोट, २६ असोज,, रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताउनुभयो । पक्राउ परेका घर्तीले पीडित महिलाको एक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: