०९ चैत २०८२

प्रदेश

समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति

इलाम, २८ असोज ,,   अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् । सो सम्बन्धी काम गर्दै आएको...बाँकी अंश →


गड्डाचौकी नाकामा जाँच

भीमदत्तनगर, २६ असोज,,   दशैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै जाँदा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा तालीम प्राप्त कुकुरको सहायताबाट आज बिहानदेखि सुरक्षा जाँच गर्न थालिएको छ । प्रतिबन्धित बस्तुभाउको रोकथाम एवं नियन्त्रणका साथै सुरक्षा क्षेत्रमा चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियाँल्न कुकुरद्वारा सुरक्षा जाँच गर्न थालिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको...बाँकी अंश →


८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा, २८ असोज ,,   चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहँु व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म(एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाकानुसार...बाँकी अंश →


विपन्नका खरको छानो हटाउँदै जनप्रतिनिधि

उर्लाबारी, २८ असोज,,   जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफंैले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरीद गर्न चालु आर्थिक वर्षमा छुट्याइएको रु १६ लाख फिर्ता गर्दै गाउँपालिकाभित्रका विपन्न परिवारको खरको...बाँकी अंश →


पानी संरक्षणका लागि ठोस् योजना ल्याउनुपर्नेमा सभामुखको जोड

दाङ, २८ असोज,,   सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस् योजना ल्याउनुपर्छ ।”...बाँकी अंश →


साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ, २८ असोज ,,  लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा...बाँकी अंश →


श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा

काठमाडौँ, २८ असोज ,,   नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ ।...बाँकी अंश →


ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

पर्वत, २८ असोज,,   सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ ।...बाँकी अंश →


नुवाकोटका १६ ठाउँमा ट्राफिक जाँच

बेत्रावती, २८ असोज ,,   नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ । चाडपर्वको अवसरमा धेरै यात्रु...बाँकी अंश →


मकैको चिउरा उद्योगको शिलान्यास

दमक, २८ असोज,,   झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको...बाँकी अंश →


मुस्लिम बिरोधी भनेर मेरो चरित्र हत्या गरियो । सांसद जगत यादव

प्रदेश नम्बर दुईको संसद जगत यादवले आज एक भिडियो जारी गर्दै आफू लाई मुस्लिम बिरोधीको रुपमा समाजिक संजालमा मिडियाले चरित्र हत्या गरेको अभिब्ययक्ति जारी गरेका छ। उनले भने नेपालमा एउटा गौरवपूर्ण इतिहास बोकेका मुस्लिम समुदाय राज्य बाट पीड़ित रहेको समुदायको हो ।राज्यले समान दृष्टिकोणले मुस्लिमलाई हेर्नु पर्ने जिकिर गर्दै भने...बाँकी अंश →


हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, २८ असोज,,   धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter