
काठमाडौँ, ६ कात्तिक,, सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेस समृद्धि कार्यक्रम लागू गरेको छ । तराई–मधेसमा बसोवास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने...बाँकी अंश →

लम्की, ६ कात्तिक,, कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा प्राविधिक विषय रोज्न थालेका हुन् । कैलाली जिल्लामा एसएलसी अर्थात एसइई उत्तीर्ण गरेका राजी समुदायका ३५ जना विद्यार्थीमध्ये ११ जनाले प्राविधिक...बाँकी अंश →

काठमाडौँ, ६ कात्तिक ,, विश्वमा नेपाल महिलाको हक र अधिकारको विषयमा विकसित मुलुकभन्दा अग्रपङ्तिमा रहेता पनि मौलिक हकमा समावेश भएका महिलाको विशेष अवसरलाई कानूनसम्मत ढङ्गले कडाइका साथ लागू गर्न नसक्नु नै पछिल्लो समयमा महिला हिंसा वृद्धि भएको बताइएको छ । जेनेभामा भइरहेको महिलाविरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मूलन गर्ने महासन्धि...बाँकी अंश →

जुम्ला, ६ कात्तिक,, नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं...बाँकी अंश →

कैलाली, ६ कात्तिक ,, सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा,...बाँकी अंश →

बाजुरा, ६ कात्तिक,, प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का...बाँकी अंश →

तुलसीपुर, ६ कात्तिक ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो । “समग्र दाङको...बाँकी अंश →

बलेवा, ६ कात्तिक ,, बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो । नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले...बाँकी अंश →

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक ,, कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको...बाँकी अंश →

तनहुँ, ५ कात्तिक ,, व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ । कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म चल्नेछ । पर्वमा काठमाडौँ, कास्की, बर्दिया, गोरखा, नवलपरासी, छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशलगायतबाट धार्मिक अभियानकर्मीको आगमन भइसकेको पर्वका मूल संरक्षक...बाँकी अंश →

गुल्मी, ५ कात्तिक ,, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ । ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार...बाँकी अंश →
दार्चुला, ५ कात्तिक ,, दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: