
इलाम, ९ कात्तिक ,, हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको...बाँकी अंश →

सुर्खेत, ९ कात्तिक ,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताउनुभयो । “राज्यको...बाँकी अंश →

कुश्मा, ९ कात्तिक,, ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप...बाँकी अंश →

ललितपुर, ९ कात्तिक ,, साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक...बाँकी अंश →

धम्बोझी, ९ कात्तिक,, बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १...बाँकी अंश →

दमक, ९ कात्तिक,, एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् ।...बाँकी अंश →

पोखरा, ९ कात्तिक,, सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभएको छ । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो । हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका...बाँकी अंश →

म्याग्दी, ९ कात्तिक,, म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ । अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर २० घरमा विद्युत् सुविधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले बताउनुभयो । एकै ठाउँमा राखिएको सोलार प्यानलबाट घरघरमा बिजुली वितरण गरिनाका साथै कुटानी पिसानी...बाँकी अंश →

तेह्रथुम, ९ कात्तिक ,, पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् । अलैँची टिप्न...बाँकी अंश →

मेलम्ची, ९ कात्तिक (रासस) :, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री नेपालले मुडेबजार पर्यटन, जडीबुटी र कृषिमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले बजेटको प्रशस्त व्यवस्था गरिएको र उक्त बजेटको स्थानीयले...बाँकी अंश →

घोराही, ९ कात्तिक ,, शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरलाई...बाँकी अंश →

जिरी, ९ कात्तिक,, दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: