१० चैत २०८२

प्रदेश

सुदूरपहाडमा जात्राको रौनक

बैतडी, २४ कात्तिक ,,   नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध...बाँकी अंश →


तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

धनुषा, २४ कात्तिक,,   यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताउनुभयो । भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष रु ४५...बाँकी अंश →


मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

धनगढी, २४ कात्तिक,,  सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश...बाँकी अंश →


व्यावसायिक फूलखेती गर्दै सहकारी

वालिङ, २३ कात्तिक,,   स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको संस्थाका अध्यक्ष टङ्कप्रसाद तिवारीले बताउनुभयो । “वालिङ तथा आसपासका क्षेत्रमा फूल तथा मालाको माग अत्यधिक बढेको छ,” अध्यक्ष तिवारीले भन्नुभयो, “यहाँ...बाँकी अंश →


धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

जिल्ला समन्वय समिती कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सबै धर्मका मानिसहरु एक आपसमा मिलेर बस्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद...बाँकी अंश →


छठको तयारी शुरु

महोत्तरी, २३ कात्तिक ,,   अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती,...बाँकी अंश →


जङ्गली हात्तीको झुण्डले घर भत्कायो

कञ्चनपुर, २३ कात्तिक,,   तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ । गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ । लुगा, कागजपत्र...बाँकी अंश →


मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गरिँदै

पर्वत, २३ कात्तिक,,   उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन् । जलजला गाउँपालिकामा मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गर्न...बाँकी अंश →


प्रधानमन्त्री ओली–टीका

काठमाडौँ, २३ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो...बाँकी अंश →


त्रिपिटक वाचनका लागि लुम्बिनी झकिझकाउ

बुटवल, २३ कात्तिक,,   नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्नेलगायतका काम...बाँकी अंश →


मधेशी समुदायमा भैया दुइज गरिँदै

खजुरा, बाँके, २३ कात्तिक,,   पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैया दुइजमा भुर्की पुजन गरिँदैछ । आजको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा भुर्कीपुजन गरी आ–आफना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाउने गरिन्छ । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर,...बाँकी अंश →


राष्ट्रपतिबाट भाइटीका

काठमाडौँ, २३ कात्तिक,,  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाइ डेगेन्द्र पाण्डेले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter