शनिबार, २९ बैशाख २०८१

धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

२३ कार्तिक २०७५, शुक्रबार १६:११ मा प्रकाशित

जिल्ला समन्वय समिती कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सबै धर्मका मानिसहरु एक आपसमा मिलेर बस्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खा ले जिल्लामा रहेको बहुजातिय, बहुधार्मिक, बहुभाषिक, र बहुसांस्कृतिक, सहिष्णुता र सदभव संरक्षण एंव प्रर्वद्धन गर्दै लैजानुपर्ने बताउनुभयो ।
जिल्लामा रहेको सदभावलाई कायम राख्नुपर्ने भन्दै खा कपिलबस्तुमा पूर्ण रुपमा शान्ति कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाले नेपाल विभिन्न जातजातीको साझा फुलबारी भएकाले नेपालीहरु बिच एक आपसमा भाईचराको विकास हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल प्रदेश सांसद दिर्घ नारायण पाण्डेय, अर्जुन केसी, पूर्वमंत्री ईश्वर दयाल मिश्रा, जावेद आलम, अभिनेता श्याम कुमार मिश्रा, लगाएतको उपस्थिती रहेको थियो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter