१० चैत २०८२

प्रदेश

पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित

पोखरा, २८ कात्तिक,,  पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ । यहाँबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको सम्भावनालाई उजागर गर्न...बाँकी अंश →


कपिलबस्तुको संघिय प्रेस फोरमको नयाँ कार्य समिति चयन

कपिलवस्तु कार्तिक २७ ,,  कपिलबस्तुको संघिय प्रेस फोरमको प्रथम अबिधेसनबाट दिलिप कुमार यादवको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । भएको प्रथम साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतिले नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा सोना खटिक , सचिव निरहू यादव , सहसचिव प्रतिमा विश्वकर्मा , कोषाध्यक्ष...बाँकी अंश →


कृष्णानगर मा छठ पूजा धुम धाम का साथ मनाइदै

कपिलवस्तु  कार्तिक २७ ,,  देश का विभिन्न स्थान मा छठ मनाउने क्रममा कपिलवस्तु को कृष्नानगर नगरपालिका वडा नं १ सेमरा मा सजाइएको छठ घाटमा सांस्कृतिक एकता को पर्व छठको आज मुख्य दिन व्रतालुहरू भक्तिभावका साथ परिवार का सम्पूर्ण सदस्यहरूको साथ पोखरी छेउमा नया कपडा लगाइ सूर्य लाई विभिन्न मिठा परिकार,...बाँकी अंश →


बाँकेमा आलु उत्पादन राम्रो

नेपालगञ्ज, २७ कात्तिक,,   बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी...बाँकी अंश →


टिपरको ठक्करबाट मृत्यु

तुलसीपुर, २७ कात्तिक,,   दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६...बाँकी अंश →


शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधिको अग्रसरता

नेपालगञ्ज, २७ कात्तिक,,  शान्ति सुरक्षा कायम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले अग्रसरता देखाएका छन् । आफ्नो गाउँ समाजलाई सभ्य, सु–संस्कृत तथा शान्तिपूर्ण बनाउन गाउँपालिकाले प्रहरीसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो । समुदायका लागि ‘प्रहरी पालिका’ नामक समिति गठन गरिसकेको उक्त गाउँपालिकाले शान्ति, अमनचैन कायम गर्न विभिन्न कार्यक्रम गर्नेछ ।...बाँकी अंश →


बौद्धिक अपाङ्गता भएकालाई सहयोग

उदयपुर, २७ कात्तिक,,   उदयपुुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडेका बिल्टु दनुवारका चारजना बौद्धिक अपाङ्गता भएका छोरालाई काठमाडाँैको कलङ्की निवासी समाजसेवी वासु केसीले निरन्तररुपमा आठ वर्षदेखि खान लाउनको लागि मासिक रु १० हजार आर्थिक सहयोग गर्दै आउनुभएको छ । यसपटक पनि केसीले सोमबार काठमाडौँबाट सपरिवारसहित त्रियुगा नगरपालिकाको चुहाडे आएर अपाङ्गता भएको दनुवार...बाँकी अंश →


विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न सक्नुभएन ः वरिष्ठ नेता पौडेल

चितवन, २७ कात्तिक,,   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विचारले...बाँकी अंश →


नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

पोखरा, २७ कात्तिक,,   जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन स्रोत सर्वेक्षणका आधारमा सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा नेपालमा सामुदायिक वनको माध्यमबाट वन क्षेत्रको दायारा ह्वात्तै बढेको हो । देशको...बाँकी अंश →


रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा ढिलाइ

ललितपुर, २७ कात्तिक,,  तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको शुरुआत यहीँबाट गर्नुभएको थियो । मन्दिरको पुनःनिर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको...बाँकी अंश →


खोप लगाउनु त यसरी …

विराटनगर, २७ कात्तिक,,   “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले...बाँकी अंश →


गरीब विद्यार्थीलाई सहयोग

नेपालगञ्ज, २७ कात्तिक,,   कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो । जिल्लाका विभिन्न सामुदायिक विद्यालय, मदरसा र बोर्डिङ स्कुलमा अध्ययनरत ३३ जना अनाथ,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter