१२ चैत २०८२

प्रदेश

लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने : उपसभापति निधि

कैलाली, ४ मङ्सिर,,   नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको अवस्थामा काङ्ग्रेसले सङ्घीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको...बाँकी अंश →


विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

गोरखा, ४ मङ्सिर ,,   गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिनुभयो । उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने...बाँकी अंश →


पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

बेझाड पाल्पा, ४ मङ्सिर,,  पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना...बाँकी अंश →


बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

रुपन्देही, ४ मङ्सिर ,,   बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका...बाँकी अंश →


उदयपुर सिमेन्ट उद्योगबाट बढी उत्पादन

गाईघाट, ४ मङ्सिर,,   उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट...बाँकी अंश →


अग्ला पुल हेर्न पर्यटकको घुइँचो

पर्वत, ४ मङ्सिर,,   जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा...बाँकी अंश →


बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

म्याग्दी, ४ मङ्सिर ,,   जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला...बाँकी अंश →


विद्यार्थीले बनाए रोबोट

भद्रपुर, ४ मङ्सिर ,,   झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार...बाँकी अंश →


ट्याङ्कर चालकको आन्दोलन फिर्ता

विराटनगर, ४ मङ्सिर ,,  भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए ।...बाँकी अंश →


कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

परासी, ४ मङ्सिर ,,   पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर...बाँकी अंश →


उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ

भोजपुर, ३ मङ्सिर ,,   भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ ३१० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गर्नुभएको हो । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन प्रधान, सचिवमा विन्द्रकुमार राई, कोषाध्यक्षमा प्रवीनकुमार सुवाल...बाँकी अंश →


अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन– राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ, ३ मङ्सिर,,   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको आज यहाँ उदघाटन गर्दै उहाँले भन्नुभयो, “एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन । संविधानले धर्म नै नमान्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter