१२ चैत २०८२

प्रदेश

कोटेश्वर–कलङ्की सडकको निर्माण सम्पन्न

काठमाडौँ, ११ मङ्सिर,,   कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो । “सडक निर्माण कार्य सकिएपछि...बाँकी अंश →


सत्तरी स्थानमा ‘स्मार्ट डस्टबिन’

काठमाडौँ, ११ मङ्सिर,,   काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (अधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न शुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा रु ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो । आवश्यकता र माग...बाँकी अंश →


श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न

काठमाडौँ, ११ मङ्सिर,,   श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भयो । कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबीर चढाएपछि सकिएको हो । जात्रा करीब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल...बाँकी अंश →


हनुमन्ते करिडोर शिलान्यास

भक्तपुर, ११ मङ्सिर,,   भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गर्नुभयो । पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको...बाँकी अंश →


बाँदरका कारण बस्ती विस्थापित

भोजपुर, ११ मङ्सिर,,   बाँदरको आतङ्क बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् । विगतका वर्षमा कमै...बाँकी अंश →


नेपालको विकासका लागि अमेरिकी सहयोग महत्वपूर्ण – अध्यक्ष दाहाल

काठमाडौँ, ११ मङ्सिर,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको...बाँकी अंश →


नागरिकको स्वास्थ्य प्रति सम्बेदनशील हुनुपर्छ,, मन्त्री घिमिरे

इटहरी, ११ मङ्सिर,,   प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले आज इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले...बाँकी अंश →


सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै

खनियाँखर्क, सिन्धुली, ११ मङ्सिर,,  यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् । अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका...बाँकी अंश →


प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत

बेत्रावती, ११ मङ्सिर,,   नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ । केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले पछिल्लो समय...बाँकी अंश →


लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सुर्खेत, ११ मङ्सिर,,  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको छ । प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताउनुभयो । “लागुऔषध दुव्यर्सनी हामी...बाँकी अंश →


मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ, ११ मङ्सिर,,   पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक...बाँकी अंश →


आग्लो प्रहार गरी श्रीमतीको हत्या

दोलखा, ११ मङ्सिर,,  जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter