
नारायणपुर, १२ मङ्सिर,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा कानून पारित भइसकेको र त्यति नै मात्रामा...बाँकी अंश →

काभे्रपलाञ्चोक, १२ मङ्सिर ९रासस० ः मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको...बाँकी अंश →

दुल्लु, १२ मङ्सिर,, सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा...बाँकी अंश →

काठमाडौँ, १२ मङ्सिर,, नम्बर नखुलेको सावारीको ठक्करबाट आज बिहान टेकुमा एक जनाको मृत्यु भएको छ । टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा...बाँकी अंश →

गलकोट, १२ मङ्सिर,, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले अग्निपीडितलाई जनही रु १० हजारका दरले राहत प्रदान गर्नुभएको थियो । गत आइतबार बिहान ढोरपाटनको नवीगाउँमा आगलागी हँुदा ४३ परिवारका...बाँकी अंश →

बैतडी, १२ मङ्सिर,, पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो ।...बाँकी अंश →

म्याग्दी, १२ मङ्सिर ,, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम...बाँकी अंश →

बाँके, १२ मङ्सिर,, लामो समयदेखिको बेवास्ताका कारण टन्न घाँस उम्रिएर सुख्खा बनेको रानीतलाउले तलाउले जुनी फेरेको छ । नगर प्रमुख डा धवलशमसेर राणा निर्वाचित भएलगत्तै जीर्णोद्धार गर्ने निर्णय अहिले कार्यान्वयनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका भित्रको उक्त तलाउ आकर्षक पर्यटकीय क्षेत्र पनि बन्न पुगेको छ । नेपालगञ्जसित रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै...बाँकी अंश →

नुवाकोट, ११ मङ्सिर,, रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, ११ मङ्सिर ,, नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश...बाँकी अंश →

गलकोट, ११ मङ्सिर ,, ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार...बाँकी अंश →

तौलिहवा, ११ मङ्सिर,, नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: